बर्षाका कारण राजमार्गहरु अवरुद्ध

काठमाडौं

    श्रावण २९, २०७४
    बर्षाका कारण पहिरो खसेपछि मुलुकभरका लगभग सबै राजमार्ग अवरुद्ध छन् । बिपी राजमार्गको खुर्काेट खण्ड बाहेक देशभरका अधिकांश राजमार्ग बन्द रहेका ट्राफिक प्रहरीले जानकारी दिएको छ । धादिङ्ग हुँदै मुग्लिन जाने पुथ्वी राजमार्ग पहिरोका कारण ठप्प छ । नवलपरासीको दाउन्नेमा सडक भासिदा पुर्ब पश्चिम राजमार्ग अवरुद्ध छ ।

    बर्दघाट तर्फ दाउन्नेको एस मोडदेखि केहि पुर्व तर्फ पक्कि सडक २५ मिटर तल खसेको छ । मुग्लिन नारायणगढ खण्डका बिभिन्न स्थानमा पहिरो खसेको छ । पाल्पाको सिद्धबाबामा पहिरो खसेपछि शिद्धार्थ राजमार्ग पनि ठप्प बनेको छ ।

    काठमाडौँबाट हेटौँडा जाने फर्पिङ्ग सहितका नाका पनि पहिरोका कारण ठप्प छन् । पुर्व पश्चिम राजमार्गको पुर्वी तराईको भेगमा बाढीका कारण सवारी साधन चल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित:श्रावण २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्