सौरहामा ७ सय पर्यटक फसे,उद्धारमा कठिनाई

- शिव पुरी , चितवन

    श्रावण २९, २०७४

    चितवनको राप्ती नदीमा  आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न पुगेका झण्डै ७ सय पर्यटक फसेका छन् । सौरहामा त्यहाँ पर्यटक घुमाउन राखीएका केही सवारी साधन समेत राप्ती नदीले बगाएको छ । शनिबार देखि लगातार पानी परेपछि राप्ती नदीको बाढी बस्तीमा पसेको हो । सौरहाका एक सय भन्दा बढी होटल डुबानमा परेका छन् ।

    क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेको जानकारी दिनुभयो । तत्काल उद्धार गर्न सक्ने अवस्था नरहेको घिमिरेले बताउनुभयो ।

    पानी रोकीए हात्तीको मद्धतले उद्धार गरी सुरक्षित स्थानमा लैजाने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 

     

    प्रकाशित:श्रावण २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्