कालीकोट डायरी

- तुलाराम पाण्डे, काठमाडौं

    कार्तिक ८, २०७४

     

    आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको छ । एक संघ र दुई प्रदेश सदस्यका लागि २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि बामगठबन्धन माओवादी केन्द्र र एमोलेबाट दुर्गावहादुर रावत र काग्रेसबाट तरुण दलका महामन्त्री भूपेन्द्रजं शाही चुनावी प्रतिष्पर्धामा छन् भने प्रदेशमा पनि ६ नंं प्रदेशको मुख्यमन्त्रीका तावेदार विना विभागीय मन्त्री मशहेन्द्रवहादुर शाही र काग्रेसस पूर्व पाटी सभापति कालिवहादुर सहकारी ख नं प्रदेशबाट प्रतिष्पर्धामा छन्े भने क न प्रदेशबाट एमालेका कुर्मराज शाही रकाग्रेसका टेकराज शाही बीच प्रतिष्पर्धा छ । 

    दशै बिदा अघि घर गएका कालीकोटका अधिकांश कर्मचारी अझै जिल्ला फर्किएका छैनन् । कर्मचारी नहुँदा चुनावको काममा पनि असर परेको छ । कर्मचारी खट्नपटन लगायतका काम गर्न कठिनाई भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशैं  विदामा गएका यहाँका केही कार्यालय प्रमुख सहित अन्य दर्जाका कर्मचारी पनि आएका छैनन् । यहाँका ९ मध्ये आधा भन्दा बढी पालिकामा कार्यकारी अधिकृत छैनन् । सिहदरवारको अधिकार गाउँ आयो भने पनि कर्मचारी नहुँदा सेवा दिन कठिनाई भएको तिलागुफा नगरपािलकाकी उपप्रमुख दर्शना नेपालीले बताउनुभयो ।

    कालिकोटको पिली र पलातामा नि:शुल्क सवासथ्य शिविर संचालन हुने भएको छ । पलाता गाउँपालिकाको अगुवाईमा कात्तिक १३ गते बाट पलाता साँस्कृतिक महोत्सव तथा स्वास्थ्य शिविर संचालन हुन लागेको हो भने पिलीमा स्थानीय वडा नं ७ को आयोजनामा शिविर संचालन हुन लागेको पलाता गाउपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले बताउनुभयो ।   

    कालिकोटमा मंसिर १० को चुनावका लागि ११ सय म्यादी पहिलो चरणका लागि छनोट भएका छन् । म्यादीमा युवाहरुको आर्कषण बढी भएकाले चाहिने कोटाबन्दा २ सय बढी म्यादी छनोट गरिएको डिएसपी सुवास बोहोराले बताउनुभयो । उहाले १ सय ५० महला पनि म्यादीमा छनोट भएको जानकारी दिनुभयो । 

    कालिकोटका ९ गाविसमा एचआइभी एड्स संक्रमित भएका ३६ जना फेला परेका छन् । ती मध्ये २१ महिला र १५ पुरुष छन् । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ३ पुरुष र एक महिला छन् । जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव रविन्द्र सेजुवालकाअनुसार सबैभन्दा बढी लालु गाविसमा ९ जना भेटिएका छन् भने कम नानीकोट, सिप्खाना र कोटवाडामा एक/एक जना छन् । ती मध्ये एक ८ वर्षीया बालिका छन् । धेरैजसो ज्याला मजदुरीका लागि भारत गएका पुरुष संक्रमित भएर घरमा पत्नीलाई सारेको पाइएको स्वास्थ्यकर्मीको भनाई छ । 

    जिल्लाको स्युनामा ४ पुरुष, कुमालगाउँमा ४, मेहेलमुडीमा २  महिला र २ पुरुष, माल्कोटमा ४ महिला र ३२ पुरुष, मान्ममा ४ पुरुष एचआइभी संक्रमित भेटिएका छन् ।

    ३६ जना संक्रमित भएको पत्ता लागे पनि एक जना मात्र खुलेको एचआइभी संक्रमितको लागि क्रियाशील कर्णाली प्लसका कार्यक्रम संयोजक दिपकबहादुर शाहीले बताउनुभयो । 

    प्रकाशित:कार्तिक ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्