बर्दिया डायरी

- कमल पन्थी , बर्दिया

    कार्तिक १२, २०७४- एक वर्ष अघि तीन वटा घडियाल रहेको कर्णाली नदीमा अहिले बढेर सात पुगेको छ  । केही समय अघि नेपालमा पहिलो पटक मानव रहित विमान (ड्रोन) बाट बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई नदीमा गोही र घडियालको सर्वे गर्दा सात वटा घडियाल भेटिएको निकुञ्जले जनाएको छ । नेपालमा गोही र घडियाल दुई प्रजातिको पाईन्छन् । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीका अनुसार विगतमा पद चिह्बाट गोही र घडियालको अनुगमन र सर्वे गर्दे आएकोमा पहिलो पटक ड्रोनबाट शुरु गरिएको थियो । सोही क्रममा कर्णालीमा सात घडियाल र १३ वटा मगर गोही रहेको निमित्त संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।

    जिल्ला खेलकुद विकास समिति, बर्दियाको सदरमुकाम गुलरियाको अधिनमा रहेको कभर्टहल बजेट निकासा नहु‘दा अलपत्र परेको छ । बहुउद्देशीय कभर्ट निर्माणका लागि गत वर्ष ४ करोड बजेट विनोयोजित भएपनि निकासा नहु‘दा अलपत्र परेको हो । गत वर्ष डीपीआर तयार भई कभर्टहल, कार्यालय भवन, ट्रयाक लगायतका भौतिक योजना निर्माणका लागि बजेट स्वीकृतका लागि केन्द्रमा पठाइएको थियो । करीब चार महिना अघि गुलरियास्थित कभर्टहल निरीक्षणमा आएका खेलकुद मन्त्री राजन केसीले बजेट एक महिनामा निकासा गरी पठाई दिने आश्वासन दिएका थिए । आश्वासन दिएको चार महिना बित्यो तर बजेट निकासा नभएको खेलकुद समितिका पदाधिकारीहरु गुनासो छ ।

    बर्दिया सदरमुकाम गुलरिया—८ कोठियागाउ‘का चौकीदार(कटुवाल)ले प्राय:जसो गाउ‘मा हुने बैठक, पुजापाठ लगायतका विषयमा हुने कार्यक्रममा हाक हाल्दै हरेक घर वरपर गई बोलाउने गर्छन । करीब ५० वर्षीय चौकीदार सन्तोषी रैदास कोठियागाउ‘मा हुने हरेक कार्यक्रममा बडघर (मुखिया) को निर्देशनमा हाक हाल्ने गरेका छन् । सञ्चारको युगमा पनि सदरमुकाममा रहेको कोठियागाउ‘मा भने लामो समय देखि यो प्रथा जिवितै छ । हाक हाल्ने मात्र होईन उनको जिम्मेवारी धेरै दिइएको छ । बडघर भुमे थारुले चौकीदारले राती १२/१ बजे सम्म गाउ‘ र खेतको पहरा पनि दिने गरेकाले यहॉ अपराध भने शुन्य रहेको बताउ‘नुभयो । चौकीदारले गाउ‘मा मादक पर्दाथ सेवन गरेर होहल्ला गर्ने, जुवातास खेल्ने र अपराधिक काम गर्नेलाई पक्राउ गरी बडघर समक्ष जिम्मा लगाउ‘छन् । 

     

    बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको बारबर्दिया नगरपालिका—९ स्थित सतखलुवा मध्यवर्ती सामूदायिक वनमा रहेको ताल संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ६० विघा क्षेत्रफलमा ओगटेको ताल प्रकृतिले उपहार दिएपनि संरक्षणको पर्खाईमा छ । तालमा निकुञ्जबाट निस्कने जनावरले पानी पिउने र थारु समूदायको धार्मिक स्थल रहेकोले पनि विशेष महत्व राख्द छ । स्थानीय संरक्षण प्रेमीको अथाह प्रयासपछि पर्यटक भित्राउन सतखलुवा ताल नजीक रहेको गाउँमा नौ वटा होम स्टेको स्थापना गरिएको छ । 

    प्रकाशित:कार्तिक १२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्