कार्तिक १४, २०७४-  प्रदेश र केन्द्रको चुनावी सरगर्मी बढी रहँदा इलाममा भने प्रमुख राजनीतिक दलले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन सकेका छैनन् । मनोनयन दर्ताको मिति नजिकिदै गए पनि आकांक्षी धेरै भएका कारण दलहरुमा समस्मया भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले यसअघि नै उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरे पनि मतदाताको चाहना बमोजिमको उम्मेदवार छनौट गर्न केन्द्रले जिल्लाकै मूख ताकेको हो । माओवादीसँग चुनावी तालमेलमा रहेको एमालेले केन्द्रमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार चयन गरिसकेको छ ।  तर प्रदेश सभाका चार सदस्यको टुंगो भने लगाउन सकेको छैन् । नेपाली कांग्रेसले पनि प्रदेश र केन्द्रका उम्मेदवारको अन्तिम टुङ्गो नलागेको जनाएको छ । 

इलामका कृषकले उत्पादन गरेको चियाको आन्तरिक बजार प्रर्वधन गर्ने उदेश्यले इलामको कन्याममा आज टि टेष्टिङ कार्यक्रम आयोजना गरियो । यहाँ उत्पादित चिया भारतीय बजारमा निर्भर भइरहँदा नेपाली उपभोक्ता माझ समेत पुर्‍याउन चिया तथा कफि विकास बोर्डले नयाँ ढंगले चियाको प्रर्वधन अभियान चलाएको हो । पर्यटकको अधिक चाप देखिने कन्यामको मुख्य भागमा आयोजित यो कार्यक्रममा आन्तरिक र बाह्य पर्यटकले स्वाद चाखे । इलाममा करीब ४० हजार किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । यसको ८० प्रतिशत भारत, १० प्रतिशत पश्चिमा देश र बाँकी १० प्रतिशत आन्तरिक खपत रहेको छ । 

सामुदाय तहको अभ्यासबाट इलामको ढाप पोखरी नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रुप दिदै डुंगा सञ्चालनमा ल्याएका छन् । १ हजार ७ सय मिटरको उचाईमा रहेको यो पोखरीमा डुङ्गा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लागेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुर, रेडपाण्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, जिल्लाकै अग्लो टोड्के झरना माइपोखरी, जौवारीलगायतका पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि यो क्षेत्र ट्रान्जिट पोइन्ट बन्नेछ । 

इलामका कृषकले स्कुस बेचेर नै उल्लेख्य कमाई गर्ने गरेका छन् । यातायताको पहुँच भएका क्षेत्रका कृषकले व्यवसायिक ढंगले स्कुस उत्पादन गर्ने गरेका हुन् । झापा र सीमापारी दार्जिलिङका बजारमा बिक्री हुने भएकाले सीमावर्ती क्षेत्र र मेची राजमार्ग नजीकका क्षेत्रमा अन्य सब्जीसँगै स्कुस खेतीमा पनि कृषकको ध्यान गएको हो । बजार भाउ एउटै नहुने भए पनि कृषकले प्रतिकिलो ५ रुपैयाँ देखि २० रुपैयाँ सम्ममा स्कुस बिक्री गर्ने गरेका छन् । एक पटक रोपेर माच हालेपछि केही वर्षसम्म ढुक्क हुने भएकाले कृषकले थोरै मेहनत र लगानीमा राम्रो आम्दानी गर्न सकेका छन् । 

 

प्रकाशित:कार्तिक १४, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्