विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरलाई

बीबीसी

    मंसिर २, २०७४

    -  सन् २०१७ को विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरले पहिरिएकी छन् । चीनको सनायामा आज साँझ आयोजित ६७ औं संस्करणको विश्वसुन्दरी प्रतियोगितामा १ सय ७ देशकी सुन्दरीलाई पछि पार्दै भारतीय सुन्दरी चिल्लरले १७ वर्षपछि उपाधि भारतमा ल्याउन सफल भईन् ।

    चिकित्सा शिक्षा अध्ययनरत हरीयाणाकी २० वर्षीया चिल्लर विश्वसुन्दरीको ताज पहिरिने छैठौं भारतीय हुन् ।

    सन् २००० मा भारतकी प्रिंयका चोपडाले विश्वसुन्दरीको ताज पहिरेकी थिइन् । यस्तै, इङल्याण्डकी स्टेफ्नी हिल फष्ट रनर अफ र मेक्सिकोकी एन्ड्रा मेजा सेकेण्ड रनरअप भइन् । विश्व सुन्दरी प्रतियोगितामा सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट चालिस भित्र पर्न सफल भएकी थिईन् । 

     

    प्रकाशित:मंसिर २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्