अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा ‘कर्णाली मष्टो’

- एलपी देवकोटा , जुम्ला

    मंसिर ६, २०७४-   अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । राजधानीमा मंसिर ६ गते देखि ९ गते सम्म सञ्चालन हुने महोत्सवमा कर्णालीबाट बनेको पहिलो लोक संगित फिल्म छनौटमा परेको हो । लोक गित, लोक संगीत, लोकबाजा, लोक संस्कृति, परम्परा, लोक जीवनका विविध पक्षको अध्ययन अनुसन्धानसंगै प्रचार प्रसार गर्न अन्तर्राष्ट्रिय लोक संगित फिल्म महोत्सवमा हुन लागेको हो । 

    कर्णालीमा तयार गरिएको पहिलो लोक संगीत फिल्म कर्णाली मष्टो पनि प्रदर्शन हुने भएको छ । सुदुर पश्चिम र मध्यपश्चिमा मष्टो देवतालाई कुल देवताको रुपमा मान्ने गरिन्छ । मष्टो देवता सम्बन्धी तयार गरिएको फिल्ममा धामी नाच प्रस्तुत गरिएको छ । एउटा मुल धामीलाई कसरी बोलाइन्छ भन्ने प्रस्तुत गरिएको छ । 

    सातौ संस्करणको यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा बनेका लोक संगीतसंग सम्बन्धित ३२ वटा वृत्तचित्र देखाइने छन् । सांस्कृतिक संस्थासंगको सहकार्यमा नेपाली लोक बाजा संग्रहालयले आयोजना गर्न लागेको महोत्सवमा नेपालबाट ८ वटा फिल्म छानिएका छन् ।

    महोत्सवमा एलपी देवकोटाको ‘कर्णाली मोष्टो’, रेनू क्षेत्रीको ‘संकटमा भगवान’, तुलसी प्रभासको ‘गल्लाई लाहुरे लोक गीत’, चांचदनीकुमार मल्ल विष्टको ‘शक्ति द डिभाइन फिमेल पावर’, डिबी नेपालीको ‘हुड्के एण्ड दमाहा डान्स’, मार्टिन अर्चम्बल्टको ‘नेपाल एण्ड इन्डिया’, ‘म्युजिक एण्ड ट्राडिसन्स’, पशुराम राईको ‘परुसेवा’ र शंकरसिंह विष्ण्टको ‘सेक्रेड म्युजिक अफ द गडेस’ छ । 

    विश्वका अन्य मुलुकमा लोक संस्कृतिको जगेर्ना कसरी भइरहेको छ भन्ने थाहा पाउन पनि महोत्सव आयोजना गरिएको हो । विश्वमा रहेका देशहरुले आफ्ना मौलिक लोक संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के कस्ता कार्यहरु गरिरहेका छन् । मौलिक संस्कृति संरक्षण गर्न के कस्ता काम गनुपर्ने रहेछ भन्ने अनुभव आदानप्रदान गर्ने थलोको रुपमा महोत्सवलाई लिएको आयोजकले जनाएको छ । 

     

    प्रकाशित:मंसिर ६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्