धरानमा धार्मिक लामा नृत्य प्रदर्शन हुने

धरान

    मंसिर ७, २०७४

    -  सुनसरीको धरान–१५ श्यामचोकस्थित ङाग्युर ञीङ्मा आजबाट धार्मिक लामा नृत्य प्रदर्शन हुँदै छ । ङ्युङने ल्हाखाङ गुम्बाको अयोजनामा हुन लागेको धार्मिक लामा नृत्य प्रदर्शन पाँच दिनसम्म चल्नेछ । गुम्बामा मूर्तिको प्राण प्रतिष्ठा गर्ने र मणिको अभिषेक गर्ने अवसरमा पूर्वमा पहिलो पटक लामा नृत्य प्रदर्शन गरिने भएको हो ।

    मूर्तिको अभिषेक तिब्बतका सिम्दा जोक्छेन गुम्बाका सातौं अवतारी सिम्दा गेटुल रिन्पोछे, सोलु ज्याल्सा ग्युमै साम्तेन छ्योलिन गुम्बाका प्रमुख लामा निमा साङ्पो रिन्पोछे र टुल्कु अवतारी लामा ज्यामयाङ वङ्पो रिन्पोछेले संयुक्त रुपमा गर्ने बताइएको छ ।

    धार्मिक कार्यक्रमको दोश्रो दिन गुम्बाको मूर्तिमा प्राण प्रतिष्ठा गरिने छ । तेश्रो दिन सातौं औतारी लामा रिन्पोछेद्वारा अभिषेक र लामा नृत्य प्रदर्शन गरिने छ । चौथो दिन मणिको अभिषेक गरीनेछ भने अन्तिम दिन अमिताभ बुद्धको अभिषेक र टाप्चे प्रवज्या गरिने छ । 

     

    प्रकाशित:मंसिर ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्