चलचित्र ‘छिरिङ’को छायांकन सकियो

काठमाडौं

    मंसिर ९, २०७४

    गायक तथा नायक यशकुमारले निर्देशकको रुपमा डेब्यु गरेको चलचित्र ‘छिरिङ’को छायांकन सकिएको छ । अहिले इडिटिङको क्रममा रहेको चलचित्र छिरिङलाई आउने दशैंमा रिलिज गर्ने तयारी सहित काम अघि बढेको निर्देशक यशकुमारले जानकारी दिए । 

    प्रकाश गुरुङ र अमर गुरुङको संगीत रहेको चलचित्रमा पटकथा संवाद, शब्द, गीत समेत यशकुमारकै रहेको छ । चलचित्रमा गायक निमा रुम्बा र कामना गुरुङको मुख्य भूमिका रहेको छ ।

    चलचित्र छिरिङको ‘गीत तिमी नै हौ’ बोलको गीत युट्युबमा चर्चित बनिरहेको छ । 

     

    प्रकाशित:मंसिर ९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्