बार्सिलोना सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकियो

    मंसिर १७, २०७४

    स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा शीर्ष स्थानको बार्सिलोना सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा अग्रता भने सेल्टाले खेलको २० औँ मिनेटमा लागो एस्पासको गोल मार्फत लिएको थियो ।

    त्यसको २ मिनेट नबित्दै लियोनल मेसीले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६२ औँ मिनेटमा लुईस स्वरेजले गोल गर्दै टोलीलाई २–१ को अबस्थामा पुर्याए । ७० औँ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । १४ खेलको समाप्तीमा ३६ अंक सहित बार्सा तालिकाको शीर्ष स्थानमा कायमै छ । एक खेल कम खेलेका भ्यालेन्सीया ३१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

    त्यस्तै रियल मड्रिड एथ्लेटिको बिल्वाओसँग गोलरहित बराबरीमा रोकिएको छ ।

    खेलमा अधिकांश समय दबाब बनाएपनि रियलले पाएका अवसरको सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भयो । खेलको अन्तिम समय सर्जियो रामोस दोहोरो पँहेलो कार्ड पाएर  मैदानबाट बाहिरिएपछित्यसपछिका केहि मिनेट रियल १० खेलाडीमा सिमित भएको थियो । बराबरीसँगै रियल तलिकाको चौथो स्थानमा यथावत छ । बिल्वाओ भने १५ औँ स्थानमा उक्लिएको छ । 

    अर्को खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ ले पराजित गर्यो । खेलको २९ औ मिनेटमा अग्रता बनाएपनि जोगाउन नसक्दा सोसिडाड पराजय भोग्न बाध्य भयो । ६३ औ मिनेटमा फिलिप लुईसले बराबरी गोल फर्काएका थिए । खेलको ८८ औँ मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै टोलीलाई महत्वपुर्ण अंक दिलाएका हुन् । 

    जितसँगै एट्लेटिको मड्रिड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेभियाले डिर्पोटिभो ला कोरुनालाई २–० ले हरायो । जितपछि पनि सेभिया तालिकाको पाँचौ स्थानमा यथावत छ ।  

     

    प्रकाशित:मंसिर १७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्