मीरा फेरि च्याम्पियन

    मंसिर १८, २०७४

    अल्ट्रा धाविका मीरा राईले प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै हङकङमा भएको ‘एमएसआईजी लान्ताउ ५० किमि एसियन स्काई रनिङ च्याम्पियनसिप’ को उपाधि जितेकी छन् ।

    तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए ।

    पुरुषतर्फ स्पेनका क्रिस्टोफर क्लेमेन्ट (५ घण्टा ३९ मिनेट) पहिलो भए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए। महिलातर्फ भने ३८ धाविका दौडिएका थिए । नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै पहिलो उपाधि जितेकी थिईन् । 

     

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्