आहा रारा गोल्डकपको १६ औं संस्करण माघमा

काठमाडौं

    मंसिर १८, २०७४

    आहा रारा गोल्डकपको १६ औं संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आयोजक सहारा क्लबले यसपटकको प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

    यसपटक प्रतियोगिताको पुरस्कार राशी समेत बृद्धि गर्ने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको बिजेताले ५ लाख ५५ हजार रुपैयाँ  प्राप्त गरेको थियो । यसपटक उपाधि रकममा बृद्धि हुने आयोजक साहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनुभयो ।

    निर्माणाधिन पोखरा रंगशालामा हुने सो  प्रतियोगितामा राष्ट्रिय लिग खेल्ने र बिदेशीसहित १२ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । यद्यपी सहभागी टोलीको टुंगो भने लाग्न बाँकि छ । प्रतियोगिताका लागि ९० लाख खर्च हुने अनुमान क्लबले गरेको छ । 

     

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्