दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई अभ्यास प्रति उत्तर रुष्ट

एजेन्सी

    मंसिर १८, २०७४-  दक्षिण कोरिया र अमेरिकाले संयुक्त हवाई अभ्यास सुरु गरेपछि उत्तर कोरियाले आणविक युद्धको चेतावनी दिएको छ । अमेरिका र दक्षिण कोरियाले ठूलो परिमाणमा हवाई अभ्यास गरेको भन्दै कोरियाली प्रायद्धिपलाई युद्ध तर्फ उन्मुख गराएको उत्तर कोरियाले आरोप लगाएको छ ।

    उत्तर कोरियाले परिस्कृत अन्तरमहादेशिय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको एक हप्ता पछि दुई मुलुकले सैन्य अभ्यास सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । २ सय ३० भन्दा बढी विमान र अन्य हवाई अस्त्र सहित सैन्य अभ्यास आगामी शुक्रबार सम्म जारी रहने बताइएको छ ।

    यसैबीच, चीन र रुसले भने अमेरिका र दक्षिण कोरियालाई सैन्य अभ्यास गरेर उत्तर कोरियालाई नचिढ्याउन आग्रह गरेको थियो । सैन्य अभ्यासमा १२ हजार भन्दा बढी हवाई र जल सेना दक्षिण कोरियाली सैन्य टोलीमा सहभागी छन् । 

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्