साफ महिला यू–१५ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा

काठमाडौं

    मंसिर १८, २०७४

    -  बंगलादेशमा आयोजना हुने साफ महिला यू–१५ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षणमा रहेका २४ खेलाडीबाट अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम २० को टुङ्गो लगाएको हो ।

    छनोट हुने खेलाडीमा करिना दाहाल, वितिसा राजवंशी, पुष्पा गुरुङ, शरिस्मा थापा, मनमाया वि.क., शुस्मा राई, सुरक्षा सिहं, सरस्वती हमाल, प्रिति राई, अस्मिता चौधरी रहेको छन् । त्यस्तै मुना मगर, निमिता थोकर, सविता रानामगर, शुस्मा जि.टी., अन्जली चन्द, अस्मिता रनपाल, निकिता धमाल, सुप्रिया रजक, रिया वानु र अस्मिता गुरुङ रहेका छन् । महिला टिमको मुख्य प्रशिक्षक गंगा गुरुङ र  सहायक प्रशिक्षक पारस चौधरी छन् । 

    प्रतियोगिता पुस २ देखि ९ गतेसम्म चल्नेछ । नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशको सामना गर्नेछ । पुस ४ मा भारतसँग प्रतिस्पर्धा गर्ने नेपालले त्यसको दुई दिन पछि अन्तिम खेलमा भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । शीर्ष स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन् । 

     

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्