भारतीय चर्चित अभिनेता शशी कपुरको निधन

एजेन्सी

    मंसिर १८, २०७४

    -  भारतीय चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा आज सांझ निधन भएको छ । मृगौलाको रोगबाट पीडित भएका कपुरको मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । कपुर केही वर्षदेखि मृगौलाको रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

    कपुरका परिवारजनले उहाँको मृत्यु भएको पुष्टि गरेका हुन् । उहाँको अन्त्येष्टि भोलि बिहान हुने परिवारजनले बताएका छन् । कपुरको मृत्यु प्रति बलिउडका कलाकार, शुभचिन्तक लगायतले माइक्रोबल्गिङ साइट ट्विटर र फेसबुक मार्फत समवेदना दिएका छन् ।

    ५० को दशकबाट फिल्म खेल्न सुरु गर्नुभएका कपुरलाई ७० र ८० को दशकमा बलिउड स्क्रिनमा रोमान्सका लागि चर्चित मानिनुहुन्थयो । कपुरले १ सय भन्दा बढी हिन्दी र केही अंग्रेजी फिल्म खेल्नु भएको छ । उहाँका जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका फिल्म चर्चित छन् । 

     

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्