राहुल गान्धी भारतीय कांग्रेसको अध्यक्ष हुने निश्चित

काठमाडौं

    मंसिर १९, २०७४

    राहुल गान्धी भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको भावी अध्यक्ष हुने निश्चित भएको छ । सो पदका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन हिजोसम्म गान्धीको मात्रै उम्मेदवारी परेकाले उनी नै अध्यक्ष बन्ने निश्चित भएको हो । कंग्रेस आईको महाधिवेशन सन् २०१९ मा हुँदैछ ।

    सन् १९९८ देखि पार्टी अध्यक्षको पद सम्हाल्दै आएकी सोनिया गान्धीले स्वास्थ्य लगायत कारणले पदमा निरन्तरता दिन नसक्ने भएपछि छोरालाई अध्यक्षको बाग्डोर सुम्पन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आवश्यक पक्रिया पूरा गरी केही दिनमै राहुललाई नयाँ अध्यक्ष घोषणा गर्ने कंग्रेस आईको तयारी छ । 

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्