च्याम्पियन्स लिगमा म्यान यूनाईटेडको भाग्य परीक्षण आज

एजेन्सी

    मंसिर १९, २०७४-  यूरोपेली च्याम्पियन्स लिगमा नकआउट चरण प्रवेश गरिसकेका जर्मन क्लब वार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन आज समूहको अन्तिम खेलमा आमनेसामने हुँदैछन् । पहिलो लेगमा पिएसजीसँग ३–० ले पराजित म्युनिख आज घरेलु मैदानमा बदाला लिने शुरमा छ । समूह ‘बी’ बाट पिएसजी १५ र म्युनिख १२ अंक सहित यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् ।

    प्रतियोगिताको समूह ‘ए’ मा म्यानचेष्टर युनाइटेडले रुसी क्लब CSKA मस्कोको सामना गर्दैछ ।  म्यानयुनाइटेड १२ अंकका साथ शीर्ष स्थानमा छ । अघिल्लो चरणमा प्रवेश गर्न उसलाई आजको खेलमा जित आवश्यक छ । समुह ‘डी’ मा ११ अंकका साथ शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरिसकेको बार्सिलोनाले आज राति स्पोर्टिङ्ग लिस्बनसँग प्रतिस्पर्धा गर्दैछ । सोही समूहमा ओलम्पियाकोस र युभेन्टस भिड्दैछन् । बार्सिलोनाले लिस्बनलाई हराएमा युभेन्टस स्वत: अघिल्लो चरण प्रवेश गर्नेछ । 

    यस्तै समुह ‘सी’ मा इङलिस क्लब चेल्सी र स्पेनी क्लब एट्लेटिको म्याड्रिडबीचको खेल  रोमाञ्चक हुने अनुमान गरिएको छ । चेल्सी १० अंकमा समूहको शीर्ष स्थानमा रहँदा ६ अंक भएको एट्लेटिको तेस्रो स्थानमा छ । चेल्सी यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

    यो समूहमा इटालीयन क्लब रोमाले क्वाराबागसँग प्रतिस्पर्धा गर्दैछ । रोमा ८ अंक सहित दोस्रो स्थानमा छ । एट्लेटिकोले चेल्सीलाई पराजित गरे र रोमा क्वाराबागसँग पराजित भए एट्लेटिको अघिल्लो चरणमा प्रवेश गर्नेछ । प्रतियोगितामा आजै राति बेन्फिका र एफसी बसेल तथा सेल्टिक र एण्डरलेक्ट प्रतिस्पर्धा गर्दैछन् । 

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्