क्यार्लिफोनियास्थित एक जंगलमा आगलागी, १० हजार भन्दा बढी विस्थापित

बीबीसी

    मंसिर १९, २०७४

    -  अमेरिकाको क्यार्लिफोनिया राज्यको दक्षिणी क्षेत्रस्थित जंगलमा सल्किएको आगोका कारण १० हजार भन्दा बढी सर्वसाधरण विस्थापित भएका छन् । लस एन्जसल्सको उत्तरमा पर्ने भेन्चुरा र सान्टा पाउला शहरका ८ हजार घरका परिवारलाई अनिर्वाय रुपमा खाली गर्न भनिएको छ ।

    आगलागीका कारण एक जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आगो तीव्र गतिमा फैलिएकाले निभाउन कठिन भएको खटिएका अग्नि नियन्त्रकहरुले जनाएका छन् । आगलागीका कारण २ लाख ६० हजार मानिस विद्युत सेवाबाट समेत वञ्चित भएका छन् । 

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्