दुरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा पदभार ग्रहण

काठमाडौं

    मंसिर १९, २०७४-  दिगम्बर झाले दोस्रो कार्यकालका लागि नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । सरकारले गत साता प्राधिकरणको अध्यक्षमा झालाई निरन्तरता दिने निर्णय गरेको थियो । झाको पहिलो कार्यकाल भने हिजो सकिएको थियो । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उहाँलाई आज सपथ गराउनुभयो । 

    पहिलो कार्यकालमा योग्यता विवादमा तानिएका झा, सर्वोच्च अदालतमा मुद्दा परेपछि साढे एक वर्ष बढी निलम्बनमा पर्नुभएको थियो । 

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्