नेप्सेमा आज सामान्य अंकले गिरावट

काठमाडौं

    मंसिर १९, २०७४-  नेप्से कारोबार भएको साताको दोस्रो दिन आज १ दशमलव ९ अंकले घटेको छ । यद्यपि कारोबार रकममा भने सुधार आएको छ । आज कारोबार भएका १० कम्पनी समहुका उपसुचकमध्ये ६ वटाले घाटा कमाएकाले बजार परिसुचक हिजोको तुलनामा शुन्य दशमलव १२ प्रतिशतले ओरालो लागेर १ हजार ५ सय २४ दशमलव ८७ अंकमा पुगेको छ ।

    बुटवल पावर कम्पनीको सबै भन्दा बढी १० करोड १ लाख १३ हजार ८ सय ४० रुपैयाँ बराबरका १ लाख ३४ हजार ९ सय ४ कित्ता सेयर किनबेच भएकाले समग्र कारोबार रकममा हिजोको भन्दा ३ करोड रुपैयाँले वृद्धि भएको हो ।

    कूल १ सय ६३ कम्पनीका ४ हजार ८ सय ६३ कारोबारबाट ५७ करोड ७७ लाख ६४ हजार ४ सय २६ रुपैयाँ बराबरका १० लाख ८२ हजार ३ सय ८ कित्ता शेयर किनबेच भए । 

    शेयर बजार ओरालो लागेपछि लगानीको सम्पत्ति मापन कूल बजार पुँजीकरण हिजोभन्दा ३ अर्ब रुपैयाँले घटेर १७ खर्ब ७१ अर्ब रुपैयाँमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।  

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्