पुज्डेमन्ट सहित ४ मन्त्री विरुद्धको पक्राउ पूर्जी फिर्ता लिने : स्पेन अदालत

बीबीसी

    मंसिर १९, २०७४

    -  स्पेनको सर्वोच्च अदालतले  स्वायत्त राज्य क्याटलनका राष्ट्रपति कार्लेस पुज्डेमन्ट सहित अन्य ४ मन्त्री विरुद्धको अन्तर्राष्ट्रिय पक्राउ पूर्जी फिर्ता लिने आदेश सुनाएको छ । क्याटलनलाई जनमतसंग्रह मार्फत स्वतन्त्रत राज्य घोषणा गर्ने पुज्डेमन्टको निर्णय स्पेन सरकारले अवैधानिक घोषणा गरेपछि उनी बेल्जियम भागेका थिए ।

    बेल्जियम भागेका उनलाई स्पेन सरकारले पक्राउ गर्न आदेश दिएको थियो । न्यायाधीशले उनीहरुलाई राजद्रोह गरेको अभियोगमा मुद्दा चलाउने भन्दै अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी फिर्ता लिने आदेश सुनाएका हुन् ।

    स्पेनमा राजद्रोह गरे ३० वर्ष सम्मको जेल सजाय हुने कानूनी व्यवस्था रहेको बीबीसीले उल्लेख गरेको छ । आगामी डिसेम्बर २१ मा क्याटलनमा क्षेत्रीय निर्वाचन हुनु अगावै उनीहरुलाई स्वदेश फर्काउने मनस्थितले अदालतले यस्तो आदेश दिएको हुन सक्ने आंकलन गरिएको छ 

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्