मागअनुसार चिया अपुग

विराटनगर

    मंसिर २०, २०७४-  अर्थोडक्स चियाको माग विदेशमा बढ्दै गएपनि माग अनुसार आपूर्ति हुन सकेको छैन । पूर्वी पहाडी जिल्ला र तराईका केही जिल्लामा उत्पादन हुने चियामध्ये अर्थोडक्स चियाको माग पूरा हुन नसकेको हो ।

    चिया उत्पादनमा अग्रणी जिल्ला इलामको इलाम नगरपालिका २ स्थित जस्बिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाका अनुसार विदेशमा नेपाली अर्थोडक्स चियाको माग उच्च छ । खासगरी चीन र युरोपका मुलुकहरुमा माग बढी भए पनि त्यसअनुसार उत्पादन हुन नसकेको उद्योगहरुको भनाइ छ ।

    विदेशमा विषादी प्रयोग नगरिएको अग्र्यानिक चियाको पनि माग धेरै भएको उल्लेख गर्दै चिया उद्यमीहरुले किसानलाई विषादीरहित चिया उत्पादन गर्न प्रोत्साहित गर्ने ठोस नीति आउनुपर्नेमा जोड दिएका छन् ।

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्