नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

    मंसिर २०, २०७४-वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टु मा घटुवा भईसकेकाले दुबै टोलीलाई सातौं चरणका खेल प्रतिष्ठाको लडाँई मात्र हुनेछ ।

    युएईबिरुद्धको खेललाई नेपालले भने नामिबियामा आगामी फेब्रुअरीमा हुने आसन्न डिभिजन टु को तयारीको रुपमा लिएको छ । १२ खेलको समाप्तीमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौँ र समान खेलबाट ६ अंक जोडेको युएई पुछारमा छ ।

    दुई राष्ट्रबीचको प्रतिस्पर्धा आबुधाबीस्थित शेख जियाद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि आबुधाबीमा खेलेका दुई अभ्यास खेलमध्ये पहिलोमा अमेरिकासँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा केन्यालाई ६ विकेटले हराएको थियो । 

    च्याम्पियनसिपअन्तर्गत आजै नामिबिया र नेदरल्याण्ड्स, हङकङ र पपुवा न्यु गिनी तथा केन्या र स्कटल्याण्डबीचपनि खेल हुनेछ ।

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्