कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु

काठमाडौं

    मंसिर २०, २०७४-कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले आजदेखि कुवेत काठमाडौं उडान सुरु गर्ने भएको छ । सातामा ६ वटा उडान गर्ने वातानीय एयरवेजले जनाएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो एयरलाइन्सलाई उडान अनुमति दिएको थियो ।

    कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपालसँग सिधा उडान गर्ने बारेमा विमान कम्पनीका पदाधिकारीसँग छलफल गरेपछि सम्भव भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  ।

    नेपालसँगको उडान सम्पर्क जोडिदा दुई देशको सम्वन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली कामलदारलाई सहज हुनेछ । हाल कुवेतमा झण्डै एक लाख नेपाली कार्यरत छन् ।

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्