अमेरिकाले जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिने

    मंसिर २०, २०७४-अमेरिकाले जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्लै भएपनि जेरुसेलमलाई इजरेललको राजधानीको मान्यता दिने ह्वाईटहाउसका एक उच्च अधिकारीले बताएका छन् ।

    यद्यपी तेल अभिभबाट तत्काल दुतावास जेरुसेलन भने नसारिने ती अधिकारीले बताए । ट्रम्पले आज सम्बोधन गर्ने सम्भावनाका बीच उनकै प्रशासनका एक उच्च अधिकारीले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिनु सत्यको स्वीकार गर्नु भएको बताएको बीबीसीले उल्लेख गरेको छ । 

    अरब मुलुकहरुले भने जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता नदिन अमेरिकालाई चेतावनी दिँदै आएका छन् । सो बिषयप्रति यूरोपेली मुलुकले समेत ध्यानाकर्षण भएको जनाएका छन् ।

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्