नेपाल र भारतका दुई दर्जन स्रष्टालाई सम्मान गरिने

- माधव घिमिरे ,

    मंसिर २०, २०७४

    -नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका नेपाल र भारतका दुई दर्जन स्रष्टालाई सम्मान गरिने भएको छ । सिक्किमको नेपाली साहित्य परिषद र किनार प्रकाशनको आयोजनामा मंसिर २४ गते गान्तोकमा आयोजना हुने विशेष कार्यक्रममा स्रष्टाहरुको सम्मान गरिने भएको हो ।

    सम्मानित हुनेमा ६ जना भारतीय लेखक तथा १८ जना नेपाली स्रष्टा रहने आयोजक संस्थाले जनाएको छ । पूर्वेली स्रष्टाहरु शिव रेग्मी प्रणत, मधु पोखरेल, बिन्दु दाहाल, घनश्याम पथिक, भीम खतिवडा, लोकेन्द्र बञ्जारा, भूपेन्द्र तिम्सिना लगायतलाई सम्मान गर्न लागिएको हो ।

    यसैगरी भारतका स्रष्टाहरुमा असमका छत्रमान सुब्बा, मिदेव शर्मा, ज्ञानबहादुर क्षेत्री, मणिपुरका राहुल राई, भवानी अधिकारी र दार्जिलिङका सुकराज दियालीलगायत स्रष्टालाई पनि सो कार्यक्रममा सम्मान गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्