‘ऐश्वर्य’को नेपाल बाहिरको प्रदर्शन जारी

काठमाडौं

    मंसिर २०, २०७४चलचित्र ‘ऐश्वर्य’को नेपाल बाहिरको प्रदर्शन जारी रहेको छ । गत नोभेम्बर १९बाट जापानका विभिन्न शहरमा हरेक साताको अन्त्यमा यो चलचित्रको प्रदर्शन भइरहेको चलचित्रका निर्माता तथा नायक रमेश उप्रेतीले जानकारी दिएका छन् ।

    यस्तै आगामी डिसेम्बर १० मा अमेरिका, २४ मा साउथ कोरिया र युरोपका अन्य देशमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको उप्रतीले बताएका छन् । फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, दिपिका प्रसाईं लगायतको अभिनय छ । हाल नेपालकै विभिन्न हलमा चलिरहेको यो फिल्मले उप्रेतीलाई नेपाली चलचित्र क्षेत्रमा पुर्नस्थापित गराएको छ  ।

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्