नवौं राष्ट्रिय बाल नाटक महोत्सवको लागि स्क्रिप्ट आव्हान गरिने

काठमाडौं

    मंसिर २०, २०७४-  नवौं राष्ट्रिय बाल नाटक महोत्सव २०७४ प्रतियोगिताका लागि आयोजक शैली थिएटरले निर्वाचन लगत्तै नाटकको स्क्रिप्ट आव्हान गर्ने भएको छ । 

    देशभरबाट प्रतियोगिताका लागि पुसको अन्तिम सातासम्म आएका बाल नाटकका स्क्रिप्टमध्येबाट १५ वटा स्क्रिप्ट छनोट गरिने शैली थिएटरका अध्यक्ष तथा निर्देशक नवराज बुढाथोकीले जानकारी दिनुभयो । काठमाडौंको कमलपोखरीस्थित रसियनकल्चर सेन्टरमा हुने महोत्सवमा छनोट भएका नाटकहरुलाई तयारीको लागि १ महिनाको तालिम समय दिईने उहाँले बताउनुृभयो । 

    हरेक बर्षको फागुनको पहिलो साता सुरु भई ७ दिनसम्म चल्ने सो महोत्सवमा उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक, उत्कृष्ट नाटक, उदाउदो कलाकार, निर्णायकको छनोट र दर्शकको छनोट लगायतका ६ वटा विधामा नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्