दूग्ध विकास संस्थानले पाउडर दुध बजारमा ल्याउँदै

- देवनारायण साह, विराटनगर

    मंसिर २०, २०७४

    -  दूग्ध विकास संस्थान विराटनगर शाखाले पाउडर दूध पहिलो पटक बजारमा ल्याउने भएको छ । आयोजना प्रमुख सरोजकुमार सिम्खडाले एक महिनापछि आधा किलो र एक किलोको प्याकेटमा पाउडर दूध बजार ल्याउने तयारी गरेको बताउनुभयो ।

    उहाँले आयोजना अन्तर्गत रहेको दूधको पाउडर बनाउने कारखानाको क्षमता वृद्धि गरेर परीक्षण सुरु भएको भन्दै परीक्षण सकिएको एक महिनाभित्र बजारमा ल्याउने बताउनुभयो ।

    डेनमार्क सरकारको सहयोगमा २०५२ सालमा स्थापना भएको आयोजनाको क्षमता वृद्धि गरी विरानगटर दूग्ध विकास आयोजनाले १० करोडको लागतमा प्रतिदिन ७० हजार किलो पाउडर उत्पादन गर्ने दावी गरेको छ । पाउडर दूध बनाउने कारखानको क्षमता वृद्धिसँगै किसानको ‘मिल्क होली डे’ को समस्या पनि समाधान हुने सिम्खडाको भनाई थियो । दूध बढी उत्पादन हुने सिजनमा संस्थानले आफ्नो आवश्यक्ता अनुसार मात्र दूध खरिद गर्दा किसान मिल्क होली डेको मारमा पर्दै आएका छन् । 

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्