इण्डियालाई श्रीलंकाले बराबरीमा रोक्दा इङ्ल्याण्डविरुद्ध अष्ट्रेलियाको शानदार जित

एजेन्सी

    मंसिर २०, २०७४

    -  इण्डिया र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएको छ । योसँगै ३ म्याचको सिरिज इण्डियाले १–० ले जितेको छ । ४ सय १० रनको उच्च लक्ष्य पछ्याएको श्रीलंकालाई सस्तैमा समेट्न नसक्दा इण्डिया तेस्रो टेष्टमा जित निकाल्न असफल भयो ।

    ३ विकेटको क्षतिमा ३१ रनबाट आज अन्तिम दिनको खेल थालेको श्रीलंकाले दिनको खेलको समाप्तिमा ५ विकेटको क्षतिमा २ सय ९९ रनमात्र बनाउन सक्यो ।

    श्रीलंकालाई हारबाट बचाउन धनन्जय डि सिल्भाले १ सय १९ तथा अविजित रहँदै रोहेन सिल्भाले ७४ र निरोशन डिक्वेलाले ४४ रनको योगदान गरे । श्रीलंकाले पहिलो इनिङ्समा ३ सय ७३ रन बनाएको थियो भने इण्डियाले पहिलो इनिङ्स ५ सय ३६ र दोस्रो २ सय ४६ रनमा डिक्लियर गरेको थियो । 

    उता, दोस्रो टेष्ट क्रिकेटमा इङ्ल्याण्डलाई १ सय २० रनले पराजित गर्दै अष्ट्रेलियााले एसेस सिरिजमा २–० को अग्रता लिएको छ । ३ सय ५४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड आज अन्तिम दिन २ सय ३३ रनमा समेटिएपछि अष्ट्रेलियाले १ सय २० रनको शानदार जित दर्ज गरेको हो ।

    क्याप्टेन जोए रुटले सर्वाधिक ६७ रन बनाएको इङ्लीस इनिङ्स ध्वस्त पार्न मिचेल स्टार्सले ५ विकेट लिए । इङ्ल्याण्डले पहिलो इनिङ्समा २ सय २७ रन बनाएको थियो । पहिलो इनिङ्स ८ विकेटको क्षतिमा ४ सय ४२ रनमा डिक्लियर गरेको  अष्ट्रेलियाले दोस्रोमा भने १ सय ३८ रनमा समेटिएको थियो । 

     

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्