नेप्से ११ दशमलव ६७ अंकले बढ्यो

काठमाडौं

    मंसिर २०, २०७४

    -  प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरण निर्वाचनको अघिल्लो दिन आज शेयर कारोबार मापक नेप्से र कारोबार रकम दुवैमा वृद्धि भएको छ । पहिलो चरण निर्वाचनको दिन गत मंसिर १० गते २१ अंकले उकालो लागेको बजार परिसुचक दोस्रो चरणको निर्वाचनका कारण भोली कारोवार बन्द हुने भएपछि ११ दशमलव ६७ अंकले वृद्धि भएको हो ।

    नेप्से हिजोको तुलनामा शुन्य दशमलव ७७ प्रतिशतले सुधार आई १ हजार ५ सय ३६ दशमलव ५४ अंकमा पुगेको छ । कारोबार भएका ९ कम्पनीमध्ये व्यापार समूह बाहेक अरु सबैले नाफा कमाएका छन् । 

    निर्वाचन सम्पन्न भएपछि स्थिर सरकार बन्ने र अब आउने सरकारले आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राख्ने विश्वास लगानीकर्तामा देखिएकाले शेयर खरिदमा बढावा भएको शेयर विश्लेषकहरु बताउंछन् । 

    कारोबार रकममा समेत १२ करोडले वृद्धि भएको छ । कूल १ सय ६६ कम्पनीको ५ हजार ८ सय ८९ कारोबारबाट ६९ करोड २६ लाख २० हजार ६ सय ५० रुपैयाँ बराबरका १२ लाख ७१ हजार ८ सय ८० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्