प्रदेश नं १ र ७ लाई नवीकरणीय ऊर्जामा नमूना योग्य बनाउने लक्ष्य

काठमाडौं

    मंसिर २०, २०७४-  ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । ललितपुरस्थित प्रवद्र्धन केन्द्रमा आज भएको सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र जिआइजेटका राष्ट्रिय निर्देशक एलेक फोस्र्टरले हस्ताक्षर गर्नुभयो ।

    कार्यक्रम अनुसार प्रदेश नं १ र ७ का गाउँपालिकालाई नवीकरणीय ऊर्जामा नमूना योग्य बनाउने लक्ष्य रहेको केन्द्रका कार्यकारी निर्देशक धितालले बताउनुभयो ।

    सम्झौता अनुसार ३ वर्षमा सम्पन्न गरिने सो कार्यक्रममा ६० करोड ५० लाख रुपैयाँ सहयोग गर्ने खर्च हुने जिआइजेटका राष्ट्रिय निर्देशक फोस्र्टरले जानकारी दिनुभयो ।    

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्