सिन्धुलीमा ६५ प्रतिशत मत खस्यो

- राजकुमार कार्की, सिन्धुली

    मंसिर २१, २०७४-   सिन्धुलीमा ६५ प्रतिशत मत खसेको छ । मतदान शान्तिपूर्वक सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान गर्नेमा महिलाहरुको संख्या उल्लेख्य रहेको छ । कामका लागि देश तथा विदेशमा पुरुषहरु रहेकाले महिलाहरुको बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    मतपेटिकाहरु राती २ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । दुर्गमका स्थानहरुबाट समेत मतपेटिका एउटा केन्द्रमा ल्याएर सुरक्षादस्ताका साथ मतपेटिका ल्याइने उहाँले जानकारी दिनुभयो । 

    बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि मतदान गर्न विशेष व्यवस्था मिलाइएका थियो  । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको सिन्धुलीमा एक सय ३७ मतदान स्थल र दुई सय ४० मतदान केन्द्र रहेका छन् । यी स्थानमा दुई सय ४० मतदान अधिकृत सहित एक हजार नौं सय १४ कर्मचारी खटिएका थिए । सुरक्षाका लागि सातसय सेना सहित दुई हजार ८ सय सुरक्षाकर्मी परिचालित थिए । कुल एक लाख ८१ हजार पाँचसय २६ मतदाता रहेका थिए । 

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्