दोश्रो चरणमा ६७ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं

    मंसिर २१, २०७४

    -  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणमा आज भएको चुनावमा करीब ६७ प्रतिशत मतदान भएको छ । आज भएको मतदानबारे आयोगले साँझ राजधानीको कान्तिपथस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी छिटपुट घटना बाहेक सम्पूर्ण स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएको जनाएको हो ।

    प्रमुख आयुक्त अयोधीप्रसाद याादवले ७७ वटै जिल्लामा निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन सहयोग गर्ने सवैलाई धन्यदाव दिनुभएको छ । 

    दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको छ । आज बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गरेका छन् ।

    केही मतदान केन्द्रमा भने ५ बजेपछि पनि मतदान जारी रहेको सहकर्मी साथीहरुले जनाएका छन् । पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता थिए ।

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्