नेपालले भोलि यूएईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं

    मंसिर २१, २०७४

    -  विश्व क्रिकेट लिग च्याम्पियनसिप WCLC को सातौं तथा अन्तिम चरण अन्तरगत दोस्रो खेलमा नेपालले भोलि यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल अवुधावीमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । डिभिजन टू मा झरिसकेको नेपाल भोलिको खेलमा समेत पराजित भए ८ टिम सहभागी प्रतियोगिताको सातौं स्थानमा रहनेछ ।

    हिजो भएको पहिलो खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित हुन पुगेको थियो । सो नतिजा पछि १३ खेलको समाप्तिमा नेपाल ९ अंकमा तालिकाको छैठौं र यूएई ८ अंकमा सातौं स्थानमा छन् । भोली सुखद नतिजा निकाल्दै नेपालले प्रतियोगिताको समाप्ति गरे ११ अंकमा तालिकाको छैठौं स्थानमा रहँदै घर फर्कनेछ ।

    नेपाल र यूएईसँगै केन्या र नामिबिया पनि डिभिजन टूमा झरेका छन् । २० अंकमा नेदरल्याण्डस् शीर्ष स्थानमा रहंदा १७ अंकमा स्कटल्याण्ड दोस्रो, १६ अंकमा पपुवा न्युगिनी तेस्रो र समान अंक भएपनि एक खेल कम जितेको हङकङ चौथो स्थानमा छन् ।  

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्