आयोगको निर्देशनपछि दोलखामा मतगणनाको तयारी

- राजेन्द्र मानन्धर, दोलखा

    मंसिर २१, २०७४

    -  उजुरी उपर छानबिन गरी निर्वाचन आयोगले मतगणना प्रारम्भ गर्नु भन्ने निर्देशनपछि दोलखामा मतगणनाको तयारी सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत प्रकासकुमार काफ्लेका अनुसार आयोगको आदेश आएकाले बिहीवार राती ८ बजेबाट मतगणना सुरु हुने गरी तयारी भैरहेको बताउनुभयो ।

    नेपाली कांग्रेस दोलखाले निर्वाचनमा धाँधली भएको उजुरी गरेपछि त्यसको निर्णय हुन केही ढिलाई भएकोले बिहीवार साँझ ५ बजेदेखि गरिने भनिएको मतगणना कार्यमा केही ढिला भएको हो । 

    आयोगको आदेशमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ४६ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ४६ बमोजिमको अवस्था विद्यमान रहेको नदेखिएकोले मतदान बदर गर्नुपर्ने अवस्था नरहेको हुँदा निर्धारित समयमा मतगणना प्रारम्भ गर्न निर्देशन दिने’ भनिएको छ ।

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्