नवलपरासीमा ७१ प्रतिशत मत खस्यो

- नारायण शर्मा , नवलपरासी

    मंसिर २१, २०७४

    -  पूर्वी नवलपरासीमा ७१ प्रतिसत मत खसेको छ । धेरै मतदाता रहेको स्थलमा सांझ ७ बजेसम्म पनि मतदान जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका बुधबार राति १ बजेसम्म सम्म सदरमुकाम कावासोतीमा आइपुग्ने निर्वाचन कार्यालयका प्रमुख भेषराज घिमिरेले जानकारी दिनुभयो ।  

    बिहीवार राति अबेर सम्म पहाडी क्षेत्रमा खसेको मतको स्थिति एकिन हुन सकेको छैन । मोबाइल सम्पर्क नभएका कारण त्यहाँको एकिन मत संख्याको बारेमा जानकारी नभएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो । पहाडी भेगका मतपेटिका ल्याउन कच्चि सडकका कारण ढिलो हुने भएकाले सुरक्षा दिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

    पूर्वी नवलपरासीमा २ लाख २१ हजार ७ सय १४ मतदाता रहेका छन् । पूर्वी नवलपरासीमा प्रतिनिधि सभा तर्फ २ र प्रदेश सभा तर्फ ४ वटा क्षेत्र रहेका छन् । प्रदेश सभा सदस्यको २ पदका लागि निर्वाचन क्षेत्र नंं १ मा ८ जना र निर्वाचन क्षेत्र नं. २ मा १२ जना गरी २० जना चुनावी मैदानमा छन् । 

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्