अर्काको नाममा मतदान गर्ने पाँच सहित ८ पक्राउ

सप्तरी

    मंसिर २१, २०७४-   अर्काको नाममा मत खसाउने पाँच सहित ८ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी उपरिक्षक मुकेशकुमार सिंहका अनुसार अर्काको नामबाट मतदान गर्न मतदान केन्द्र गएका पाँच जनालाई विभिन्न मतदान केन्दबवाट नियन्त्रणमा लिएको हो ।

    यस्तै निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा २ जना र आफनो मतपत्र हातमा लिएर च्यात्ने राजविराजको ६ नम्बर केन्द्र मतदान केन्द्रबाट एक जनालाई नियन्त्रणमा लिईएको सिंहले जानकारी दिनुभयो । 

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्