मनाङमा एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित

मनाङ

    मंसिर २२, २०७४

    मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको छ । पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित हुनु भएको हो ।

    विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गर्नुभएको छ ।  खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् ।

    मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि सधैं कांग्रेसले जित्दै आएको थियो ।

     

    प्रकाशित:मंसिर २२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्