रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी

रुकुम

    मंसिर २२, २०७४रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी हुनु भएको छ ।  कुल सदर मतमध्ये १४ हजार ४ सय ३४ मत ल्याई रोका विजयी बन्नुभएको हो ।

    निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गर्नुभयो । २७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । रुकुम पूर्वमा मंसिर १० गते पहिलोचरणमा निर्वाचन भएको थियो । 

    प्रकाशित:मंसिर २२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्