संखुवासभामा एमालेका गौतम विजयी

- दीपेन्द्र शाक्य, संखुवासभा

    मंसिर २५, २०७४-   एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका राजेन्द्रप्रसाद गौतम विजयी भएका छन् । उनले नेपाली काग्रेसका दिपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन । अघिल्लो संविधानसभा निर्वाचनमा खड्कासँ पराजित भएका गौतमले यस प्रतिनिधि सभामा भने खड्कालाई हराएका छन् ।

    प्रतिनिधिसभाको मत गणनामा सुरु देखिनै अग्रता लिएका गौतमले ३२ हजार ७ सय ६९ मत  प्राप्त गरे । प्रतिद्वन्दी कांग्रेसका दिपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरे । विजयी भएका गौतमलाई मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले सोमबार प्रमाणपत्र समेत वितरण गरे । 

     

    प्रकाशित:मंसिर २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्