गोरखापत्र संस्थानको महाप्रबन्धकमा उपाध्याय नियुक्त

काठमाडौं

    मंसिर २५, २०७४

    -  सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्ति गरेको छ । सिंहदरवारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संस्थानमा रिक्त रहेको सो पदमा उपाध्यायलाई नियुक्त गरेको सरकार प्रवक्ता सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    यसअघि संस्थानमा निमिक्त महाप्रबन्धकको जिम्मेवारी हरिकला अधिकारीलाई तोकिएको थियो । बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई  नियुक्त गरेको छ । बोर्ड लामो समय देखि नेतृत्वविहिन थियो ।  

    प्रकाशित:मंसिर २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्