निर्वाचनपछि मुलुक आर्थिक विकासमा केन्द्रित हुने : उद्योगी व्यवसायी

काठमाडौं

    मंसिर २६, २०७४

     -  उद्योगी व्यवसायीले निर्वाचनपछि मुलुक अब आर्थिक विकासमा केन्द्रित हुने आशा गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदेशसभाको गठनपछि केन्द्रिकृत राजनीतिसँगै आर्थिक मुद्दा पनि विकेन्द्रित हुने भएकाले सबै प्रदेशमा लगानी बढ्ने बताउनुभयो ।

    केन्द्र र प्रादेशिक सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर ऐन/कानुनमा परिवर्तन गरे आर्थिक विकास हुने उहाँले बताउनुभयो ।

    चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई केन्द्र र प्रदेश सबैमा व्यापार गर्नका लागि एउटै नियम ल्याए सहज हुने बताउनुभयो । उहाँले व्यवसायका लागि विभिन्न मुलुकसँग निजी क्षेत्रको सम्बन्ध बढाउन सरकारको आर्थिक मुद्धा आवश्यक भएको उल्लेख गर्नुभयो ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अबको बाटो आर्थिक विकास भएकाले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । केन्द्र र प्रदेशमा सबै किसिमका उद्योग व्यवसाय चाहिने भएकाले सहकार्य गर्न निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयो ।  

     

    प्रकाशित:मंसिर २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्