हराइरहेको मलेसियन एयरलाईन्सको विमान खोजीको जिम्मा अमेरिकी कम्पनीलाई

एजेन्सी

    पुस २६, २०७४

    –सन् २०१४ मा हराइरहेको २ सय ३९ यात्रु सवार मलेसियन एयरलाईन्सको विमान खोजीको जिम्मा पानी मुनी अनुसन्धान गर्ने अमेरिकी कम्पनीलाई दिईएको छ । सो कम्पनीले महासागर मुनि विमानको खोजी गर्ने बीबीसीले उल्लेख गरेको छ । विमान खोज्नका निम्ति मलेसियाली सरकारले भरपुर प्रयत्न गर्ने मलेसियाली यातायात मन्त्रालयले जनाएको छ ।

    सन् २०१७ को जनवरीमा खोजी स्थगित गरिएपनि यात्रुका आफन्तको विरोधका कारण पुन: खोजी गरिने भएको हो । क्वालालम्पुरबाट चीनको बेईजिङ्ग उडेको विमान हिन्द महासागरको दक्षिण पश्चिमी क्षेत्रबाट सम्पर्क विहिन भएको थियो ।

    एम एच ३ सय ७० विमानको खोजी विश्वमा नै सबैभन्दा ठुलो पानीमुनीको अनुसन्धान कार्यरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

    प्रकाशित:पुस २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्