चौंथो दिन पनि ओरालो लाग्यो नेप्से

काठमाडौं

    पुस २६, २०७४ -  गत दई साता ठूलो अंकले घटेको शेयर बजारमा पछिल्लो ३ दिन उत्कृष्ट अंकले बढेपनि शेयर कारोबार हुने साताको चौंथो दिन ओरालो लागेको छ । बजार खुलेदेखि नै निरासातर्फ धकेलिएको नेप्सेमा बजार घटेको बेला सस्तोमा शेयर उठाउनेहरु नाफा सुरक्षित गर्न सक्रिय हुँदा शेयर बिक्री गर्ने भन्दा किन्नेमा कमी भएपछि आज १५ दशमलव ७८ अंकले घटेको छ ।

    शेयर बजारमा कारोबार बन्द हुने समयमा हिजोको तुलनामा १ दशमलव ८ प्रतिशतले घटेर १ हजार ४ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव १९ अंकले हस आएको छ । आज कारोबार भएका सबै १० कम्पनी समुहका उपसुचकले घाटा व्यहोरेका छन् ।

    सबैभन्दा बढी बीमा समूहको उपसुचक १ सय ६९ दशमलव ८२ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि हिजो कोभन्दा १३ करोड रुपैयाँले हस भएको छ । कुल १ सय ५७ कम्पनीको ४ हजार ५ सय २३ कारोबारबाट ३७ करोड ४८ लाख ९५ हजार ९ सय रुपैयाँ बराबरका १५ लाख ७४ हजार ४ सय ८१ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।  

    प्रकाशित:पुस २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्