अमेरिकामाथि खनियो क्यानडा, ३२ पृष्ठ लामो आरोपपत्र दायर

    पुस २७, २०७४

    क्यानडाले / अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार नीति तोडेको भन्दै विश्व व्यापार संगठनमा आरोपपत्र दायर गरेको छ । उत्तर अमेरिकासँगको नि:शुल्क व्यापार सम्झौता सम्बन्धमा दुई देशबीच दुग्ध उत्पादन, हवाई पाटपुर्जा, काठजन्य सामग्री बिक्री लगायत विषयमा विवाद भएपछि क्यानडाले पछिल्लो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । 

    अमेरिकाले बिक्री मूल्यभन्दा कममा बेचिने उत्पादनहरुमा गर्ने अनुसन्धान पनि नीति विपरीत भएको क्यानडाको ३२ पृष्ठ लामो आरोपपत्रमा उल्लेख छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग समेत पक्षपाती भएको क्यानडाको आरोप छ । 

    अमेरिकाले भने यसलाई आधारहिन भनेको छ । क्यानडाको आरोप आधारहिन भएको बताउँदै अमेरिकी व्यापार विभागका सचिव वीलबर रोसले अदालती कारवाहीमा अमेरिकाको जित हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरको छ । आपसी समझदारीमा व्यापार गर्न क्यानडा पनि प्रतिबद्ध भएकोले यस्ता आरोप निराधार भएको उहाँको भनाई छ । 

     

    प्रकाशित:पुस २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्