सरकारी पैसा वाणिज्य बैंकले परिचालन गर्न नपाउने

काठमाडौं

    पुस २७, २०७४

     -  तरलता समस्या व्यवस्थापनका लागि गठित समितले सरकारी खातामा रहेको पैसा वाणिज्य बैंकमा परिचालन गर्न नमिल्ने निष्कर्ष सहितको सुझाव दिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडाशैनीको नेतृत्वमा सरकारले गठन गरेको समितिले नीतिगत समस्याका कारण वाणिज्य बैंकमा तत्काल रकम परिचालन गर्न नमिल्ने बताएको हो ।

    पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलताको समस्या व्यवस्थापनका लागि सुझाव दिन गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा सरकारी खातामा रहेको पैसा वाणिज्य बैंकमा स्थानान्तरण गर्न नीतिगत समस्य रहेको उल्लेख छ । विद्यमान नीति, लेखाप्रणाली, लगायतका कारणले सरकारी ढुकुटीको पैसा परिचालन गर्न नमिल्ने देखिएको समितिका संयोजक एव अर्थमन्त्रालयका सहसचिव रामशरण पुडाशैनीले जानकारी दिनुभयो ।

    बैंकहरुले मनपरी ढङगले कर्जा प्रवाह गर्दा तरलताको समस्या देखिएको भन्दै उहाले बैंकहरु आफैले समाधानको पहल गर्नुपर्ने बताउनुभयो । वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारी ढुकुटीमा रहेको पैसा बैंकमा आउने व्यवस्था गर्न र संस्थागत निक्षेपकर्ताको निक्षेपको व्याजमा सिमा तोक्न बैकहरुले आग्रह गर्दै आएका छन् । 

     

    प्रकाशित:पुस २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्