साफ अण्डर १५ गल्र्स फुटबल टोली बंगलादेश जाँदै

    पुस २८, २०७४

     

    बंगलादेशमा हुने साफ अण्डर १५ गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज आयोजना स्थल बंगलादेश प्रस्थान गर्दैछ । २३ खेलाडी सहितको नेपाली टोलीआजअपरान्ह ढाका प्रस्थानगर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

    भारत, बंगलादेश, भुटान र नेपाल गरी ४ राष्ट्र सहभागीप्रतियोगीताको उद्घाटन खेलमा नेपालले आगामीआईतबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मंगलबार भारतसँग प्रतिस्पर्धा गर्ने नेपालले समुह चरणको अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीताका शीर्ष २ टोलीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । 

     

    प्रकाशित:पुस २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्