ट्रम्पद्वारा आप्रवासीलाई अपशब्द प्रयोग

    पुस २८, २०७४ 

    --अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हैटि, एल साल्भाडोर र अन्य अफ्रिकी मुलुकबाट अमेरिका पुगेका आप्रवासीहरुलाई अपशब्द प्रयोग गरी अपमान गरेको भन्दै अन्तर्राष्ट्रिय जगतले आलोचना गरेको छ । राष्ट्रपति ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हाइटी र अफ्रिकी राष्ट्रबारे अपमानजनक भाषा प्रयोग गरेको बीबीसीले उल्लेख गरेको छ ।

    ह्वाइट हाउसमा सांसदहरूसँग ट्रम्पले आप्रवासीलाई अमेरिका ल्याउन पर्नाको कारण सोध्नुभएको थियो । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूलाई ट्रम्पले प्रश्न गर्नुभएको थियो,  किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ आउन दिने ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइटी  एल साल्भाडोर र अन्य अफ्रिकी मुलुकबाट अमेरिका पुगेका आप्रवासीहरुलाई अपशब्द प्रयोग गरी अपमान गरेकोप्रति बैठकमा उपस्थित सांसदहरुले नै आश्चर्य प्रकट गरेका थिए ।

    ट्रम्पले प्रयोग गरेको अशिष्ट र अपमानजनक भाषाप्रति अहिले अन्तर्राष्ट्रिय जगतमा आलोचना भइरहेको छ । 

    प्रकाशित:पुस २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्