भारतीय सर्वोच्च अदालतका प्रमुख ४ जना न्यायाधीश प्रधानन्यायाधीश दिपक मिश्र विरुद्ध उभिए

एजेन्सी

    पुस २८, २०७४

    – भारतीय सर्वोच्च अदालतका मुख्य चार न्यायाधीशले प्रधानन्यायाधीश दिपक मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । भारतीय न्यायालयको इतिहासमा प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशहरु उभिएको पहिलो पटक हो ।

    राजधानी नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै न्यायाधीश जे चेलमेश्वर, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसफले जनताको शासन अवलम्बन नगरेसम्म सर्वोच्च अदालतको गरिमा स्थापित हुन नसक्ने बताएका हुन् । उनीहरुले प्रधानन्यायाधीश मिश्रविरुद्ध महाअभियोग चलाउने विषयमा भारतले नै निर्णय गर्ने उल्लेख गरेका छन् ।

    भारतीय सर्वोच्च अदालतका दोश्रो श्रेणीका न्यायाधीश चेलमेश्वरले सर्वोच्च अदालतलाई बचाउन कुनै कदम नचालिए लोकतन्त्र देशमा जीवित नहुने बताउनुभयो । यसअघि पनि उनीहरुले प्रधानन्यायधीश मिश्रलाई लेखेको पत्रमा अदालतमा आफुखुसी बेन्च तोकेको, न्याय दिने कार्यप्रणालीका कारण उच्च अदालत र भारतको सर्वोच्च अदालतको काम गर्ने शैलीमा नकारात्मक असर परेको उल्लेख गरेका थिए ।

    उनीहरुले आफूहरुले मिश्रलाई भेटेपनि आफ्ना कुरामा सहमत गराउन नसकेको बताए । मिश्रको कार्यकाल आगामी अक्टोबर २ मा सकिदंैछ ।  

     

    प्रकाशित:पुस २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्